नेपालमा प्रोद्योगिकी विकास – आजको आवश्यकता

July 2, 2013 | Siddiq Ansari | 0 comments
  1. नेपालको इतिहास अध्ययन गर्ने हो भने थाहा हुन्छ कि हामी विज्ञान-प्रविधिसँग त्यति सँगत गर्ने मौका पाएनौँ वा गरेनौँ, कारण विभिन्न हुन सक्छन्। तर वर्तमान अवस्था हिजोको भन्दा बिल्कुल फरक भइसकेको छ। हिजोको  à¤œà¤¸à¥à¤¤à¥‹ उच्च शिक्षा हासिल गर्न काशी वा बनारस जान पर्दैन। हिजोको जस्तो न त शिक्षा नै सिमित छ न त शिक्षाक आयाम नै। हामी आफ्नै मुलुकमा विभिन्न क्षेत्रका विभिन्न स्तरका शिक्षा प्राप्त गर्न सक्छौँ। त्यसो त शिक्षाको हरेक क्षेत्रमा हामी पुर्णत: सफल भइसकेका छैनौँ, तथापि एउटा स्तर कायम गर्न भने सक्षम भएका छौँ। जुन देशका जनताहरूका लागि हिजोसम्म विज्ञान-प्रविधि जादुको विषय थियो त्यही देशले आज वर्षैपिच्छे हजारौँको सँख्यामा जनशक्ति जन्माइरहेको छ। त्यसमा पनि यदि इन्जिनियरिङ क्षेत्र मात्र हेर्ने हो भने वर्षमा कम्तीमा दुई हजारको हाराहारीमा इन्जिनियरहरुको त्पादन भइरहेको छ। यो संख्या अझै बढ्ने क्रममा रहेको छ। यो खुशीको कुरा हो तर दु:खको कुरा यो भन्दा विकराल छ।

 à¤¨à¥‡à¤ªà¤¾à¤²à¤®à¤¾ प्राविधिकहरुको संख्या दिनानु बढ्दै जाँदा पनि उचित व्यवस्थापन नहुँदा तिनीहरुमा नैराश्यता बढ्दै गइरहेको छ। तिनीहरुको दक्षता प्रयोग गर्न नसक्दा राष्ट्रकै अथाह पुँजी र समय बर्बाद भइरहेको छ। हामीले कहिलेकाहीँ पत्र-पत्रिकामा पढ्न पाउँछौँ \\\"इन्जिनयरले पशु-पालन गरेर लाखौँ आम्दानी गरे।\\\" त्यसमै पत्रकारले के लेखेको हुन्छ भने \\\"बढ्दो बेरोजगारी र विदेश पलायनको बीचमा पनि यी यूवाले उदाहरण पेश गरे।\\\" धेरैले सोच्छन् कि हो त! गरेपछि नहुने केहि छैन। तर प्राय:ले मूख्य कुरो, मूख्य गुदी कुरो नै बिर्सिदिएका हुन्छन्। कुरा के हो भने कोही एउटा विBfर्थिले आफ्नो जीवनको अमूल्य समय चारदेखि पाँच वर्ष खर्चेर, मिहेनेत, परिश्रम गरेर, लगनका साथ सैयौँ परिक्षाहरू दिएर इन्जिनियरिङ शिक्षा प्राप्त गर्छ, दक्ष इन्जिनियर बन्दछ र त्यस पश्चात ऊ पशु-पालन गरेर समाजमा नमूना बन्दछ भने त्यस्तो इन्जिनियरिङ कलेज बन्द गरिदिनु पर्दछ, दक्ष जन-शक्तिलाई कुनै योजनामा उपयोग गर्न गराउन नसक्ने राष्ट्रीय योजना आयोग बर्खास्त गरिदिनु पर्दछ। बेरोजगार उत्पादन गर्ने शिक्षा निति बनाउने शिक्षा मन्त्रालयको औचित्य खोजिनु पर्दछ। बेरोजगार यूवाहरुको नेतृत्व गर्ने अदूरदर्शी नेताहरूलाई बहिष्कार र तिरस्कार गरिनुपर्छ। तर के यो सबै गरेर समस्या समाधान हुन्छ त? हुँदैन। अवश्य हुँदैन। त्यसैले, जिम्मेवारी राज्यको नै हो . जिम्मेवार हामी पनि हुनुपर्छ . यहाँ एउटा वाक्य भन्न मन लाग्यो-  A state should explore its citizens nor exploit them.  à¤à¤‰à¤Ÿà¤¾ राज्यले आफ्नो नागरिकको क्षमता के हो? खोतल्न सक्नुपर्यो, त्यो क्षमतालाई उपयोगमा ल्याउनुपYर्यो। मलाई लाग्दैन कि आफ्नै मुलुकमा सम्मानजनक काम गर्न पाउँदा कसैलाई ग्लानि बोध हुन्छ। हुँदैन, कदापि हुन सक्दैन। हामी आफ्नो मुलुकलाई सबथोक दिन तयार छौँ तर मुलुकले विश्वासका साथ त्यति नै हार्दिकताका साथ लिन पनि सक्नुपर्यो। तर विडम्बना के छ भने सरकारले खुशीका साथ रेमिटेन्स बढेको खबर सुनाउँछ . यो भन्दैन कि हामी झनै दरिद्र र पर-निर्भर भयौँ, शायद नाङ्गिने डरले होला।

 à¤­à¤¨à¤¿à¤¨à¥à¤›, जहाँ समस्या हुन्छ त्यहिँ उपाय पनि। उपाय सरल पनि हुन सक्छ र कठिन पनि। सजिले हुँदा मात्तिहाल्ने र गार्हो हुनासाथ आत्तिएर छाडिहाल्ने हो भने कमजोरी उपायको होइन, कमजोरी हाम्रो हुन जान्छ। के नेपाल संतृप्त अवस्थामा (saturation stage) पुगिसकेको हो कि गर्नलाई बाँकी केही छैन? होइन, धेरै क्षेत्रमा त हामीले शुरुवातसम्म पनि गरेका छैनौँ। धेरैलाई लाग्दो हो कि हामी कम्तिमा दूरसँचारको क्षेत्रमा त फड्को नै मारेको छौँ। फड्को मार्नेको त कुरै छाडौँ, हामीले एक पाइला पनि चालेका छैनौँ। तपाईँलाई के लाग्छ कि एउटा विदेशी कम्पनीले उत्पादन गरेको ;+चार उपकरण तथा प्रणाली जुन विदेशीले नै आएर सबै जोडिदिन्छन् र सम्पूर्ण सेवाहरू सूचारू गरदिन्छन् र तपाईँ हामीजस्ता उपभोक्ता विदेशी कम्पनीले बनाएका लोभलाग्दा मोबाईल प्रयोग गरेर सेवा उपभोग गर्छौँ, यसमा हामीले फड्को मारेको के नै छौँ र? जहाँ हाम्रा इन्जिनियरहरु केवल प्रणाली मनिटरिङ बाहेक केही गर्न पाउँदैनन्, यसमा फड्को मारेको के कुरा छ र? फड्को मारेको त्यसबेला कहलिने थियो, जब केही प्रतिशतमा मात्र भएपनि हाम्रै प्रविधि र योजनामा त्यस्तो ;+चार प्रणाली उपभोग गर्ने थियौँ। तर त्यस्तो केहि छैन। अलिकति सोचौँ कि हाम्रो मुलुकमा भएका ठुल-ठुला दूरसँचार प्रणालीमा \\\'लोगो\\\' बाहेक हाम्रो आफ्नो के नै छ र? त्यसैले, हामीले त्यस्तो प्रणालीको विकास किन नगर्ने जसले ती दक्ष जनशक्तिलाई वास्तवमै आफ्नो दक्षता प्रदर्शन गर्ने मौका देओस्। त्यो तबमात्र सम्भव हुन्छ जब हामी प्रोBf]गिकी (प्रविधि उBf]ग) विकासको रूप-रेखा कोर्ने छौँ।

 à¤§à¥‡à¤°à¥ˆ होइन, लगभग तीनसय वर्ष अघि हामीसँग जे जति थियो, विश्वका अन्य मुलुकहरू जस्तै पश्चिमा मुलुकहरूसँग पनि त्यति नै थियो, केही बढी पनि हुनसक्छ। छवि तब परिवर्तन भयो जब पश्चिमले औBf]गिक क्रान्ति गर्यो। कुनै पनि मुलुक हेरौँ यदि त्यस मुलुकले कोल्टे फेरेको छ भने त्यो औBf]गिक क्रान्तिले नै हो चाहे त्यो पर्यटन उBf]ग नै किन नहोस्। शुरुवात गर्ने बेला काटिसक्यो तर समय बाँकी नै छ किनकि नेपाली जनताले पढ्न पाएको नै पचास वर्ष मात्र भएको हो। तर शुरुवात अझै गरिएन भने हामीले समयलाई त पर्खन सक्छौँ तर समयले हामीलाई पर्खने छैन किनकि अहिलेसम्म पनि हामीले न त घडी बनाउन सकेका छौँ न त त्यसमा लाग्ने ब्याट्री नै। र भविष्यमा के होला, त्यसको अनुमान मात्र गर्न सकिन्छ।

 à¤¤à¤¸à¤°à¥à¤¥, नेपालको अहिलेको आवश्यकता भनेकै प्रोBf]]गिकी विकास गर्नु नै हो। हामी अबको १० वर्ष, २० वर्ष वा ५० वर्षपछि के-कतिमा आत्मनिर्भर हुन सक्छौँ वा हुनुपर्छ भनेर ठोस कार्यदिशा र कार्यक्रम निर्माण गर्नु आवश्यक छ कार्यान्वयनका साथ। होइन भने विगत पचास वर्षदेखि हामीले आफ्नो मुलुकलाई कृषि प्रधान देश मात्र भनिरह्यौँ र कैयौँ कृषि प्रधान योजनाहरू बने तापनि अहिलेसम्म चामल विदेशबाटै किनेर ल्याउनु पर्छ जबकि जनसँख्या साढे दुई करोड छ जहाँ कि हाम्रै छिमेकी मुलुक बङ्गलादेश धान उत्पादनमा आत्मनिर्भर भइसक्यो जसको जनसँख्या चौw करोड छ र खेती योग्य जमीन हाम्रोभन्दा निकै कम। वास्तविकता के हो भने हामीले अब सगरमाथा भएकोमा गर्व गर्न बिर्सनुपर्यो, गौतम बुद्ध जन्मेकोमा गर्व गर्न बिर्सनुपर्यो। यी सबै प्रकृतिले दिएका हुन्, हामीले आफ्नो पौरख केमा देखायौँ र गर्व गर्ने? यदि कसैले भाडाको सिपाही बनी गोरखाली बिल्ला भिरेर बर्माको लडाई, कारगिल वा काबुलको लडाईमा गर्व गर्छ भने त्यो बेकार हो।

 à¤…मेरिकी कम्पनीको सफ्टवेयर नेपालमा पनि बन्छ, तर त्यो नेपालमा बनेको वा \\\'Made In Nepal\\\' भएको हुँदैन। सक्षम नेपाली पनि 5g\\\\ तर परामर्शदाता विदेशी नै रोजिन्छन्। त्यसैले, शुरुवात आवश्यक छ र शुरुवात पहिलो पाइलाले नै हुन्छ। यदि प्रोBf]]गिकी विकासको प्रारम्भ अहिलेदेखि नै गर्ने हो भने जुन अनुपातमा देशमा अहिले जनशक्ति उत्पादन भइराखेको छ त्यो खपत भएर पनि अपर्याप्त हुन पुग्नेछ। त्यसबेला नेपालको रेमिटेन्स पनि कम हुनेछ र त्यसमा कसैले दु:खी हुनुपर्ने अवस्था हुनेछैन। नेपाल इन्जिनियरिङ काउन्सिलकf अनुसार २०६९, मंसिर मसान्तसम्म दर्ता भएका दक्ष इन्जिनियरहरुको सँख्या १९९०९ पुगेको छ। जसमा सिभिल इन्जिनियरहरुको सँख्या सबैभन्दा बढी छ। यहाँ केही प्रमुख विषयगत इन्जिनयरहरुको सँख्या देखाइएको छ।

            Civil Engineering – 8101

            Electronics, Electrical & Communication Engineering – 5559

            Computer Engineering – 2666

            Mechanical Engineering – 1289

            Architectural Engineering – 1024

            Aeronautical Engineering – 155

            Industrial Engineering – 135

 

विगत पाँच वर्षको तथ्याङ्क हर्ने हो भने हामीले सजिलै अनुमान गर्न सक्छौँ कि दक्ष जनशक्ति उत्पादनमा कमी भएको छैन, कमी छ भने त्यसको व्यवस्थापनमा।

       Year                Total Engineers

            2007                            501

            2008                            410

            2009                            640

            2010                            1636

            2011                            1529

            2012-13                       2090

 

अब प्रश्न यो छ कि हामीले उत्पादन गरिसकेका यी जनशक्तिहरू के नेपालमै कार्यरत छन्?  आफ्नै पेशामा आबद्ध छन्? केहि खेस्रा सर्वेक्षणहरुले के देखाउँछन् भने लगभग ३०-३५% विदेशिएका छन् भने १५-२०% ले पेशा बदलेका छन् भने १०-१५% बेरोजगार नै रहेका छन्। दक्ष जनशक्तिको यस्तो बेथितिलाई समय छँदै सम्बोधन र व्यवस्थापन गर्नु राज्यको दायित्व हो। यसैबाट हामी सजिलै अनुमान लगउन सक्छौँ कि बाँकि रहेका अर्ध-दक्ष र सामान्य जनशक्तिको अवस्था के होला। यदि सही र प्रभावकारी योजना बनाई प्रोBf]गिकीको क्षेत्रमा लगानी गर्ने हो भने यी जनशक्तिहरु त्यसमा यसै हराउने छन् र मुलुक धेरै हदसम्म आत्मनिर्भरतातिर लम्कने छ।

 à¤¹à¤¾à¤®à¥à¤°à¥ˆ छिमेकी देशहरु भारत र चीनकै कुरा गर्ने हो भने यी देशहरुमा कुनै चिजको कमी छ र? के यी देशहरुमा विकास पर-ग्रहबाट झरेर आएको हो? कदापि होइन। आफ्नै मुलुकको लागि केही गर्नुपर्छ भन्ने Oच्छाशक्ति र राज्यको जिम्मेवार भूमिकाले नै आज यी मुलुकहरुको गरिमा उच्च भएको हो। प्रोBf]गिकीको उदाहरण हेर्ने हो भने भारतको \\\'भारत इलेक्ट्रोनिक्स लि.\\\' जुन राज्य सरकारको अधिनमा रहेको छ त्यसले भारतीय सेना लगायत विभिन्न अरु निकायका लागि र जनपयोगी इलेक्ट्रोनिक्स सामग्री निर्माण गर्छ र हजारौँको सँख्यामा दक्ष जनशक्ति खपत गरिरहेको छ जुन आजभन्दा साठ्ठी वर्ष अघि नै स्थापित भएको हो, जसले इलेक्ट्रोनिक भोटिङ मेशीनको पनि निर्माण गरेको हो जुन केही मात्रामा हाम्रो सँविधान सभाको चुनावमा पनि ट्रायल प्रयोग गरिएको थियो। त्यही मेशीन अहिले निर्वाचन आयोगले भारतसँग अनुदान स्वरुप मागिराखेको छ जुन हामीले यहीँ उत्पादन गर्न सक्छौँ। यदि सरकारले जनकपुर चुरोट कारखाना जस्तो उBf]]ग स्थापना गरेर आफ्ना जनतामा कैँसर बाँड्न सक्छ भने प्रविधि उBf]]गहरुको स्थापना गर्न नसक्ने भन्ने हुँदैन। यसैगरि गहिरिएर सोचदै जाने हो भने स्थिति झनै गम्भीर छ। यहाँसम्म कि हामी आफ्नो सार्वभौमसत्ता र सुरक्षा पनि विदेशीको थाप्लोमाथि राखिदिएका छौँ जसले एक न एक दिन भयावह स्थिति उत्पन्न गर्नेछ। यती हुँदाहुँदै पनि परिवर्तन सम्भव छ। जसको लागि हामीले सहायताको नाममा बैसाखी भित्र्याउन बन्द गर्न सक्नुपर्छ। किनकि हामी केहीबेर लठ्ठीको सहायताले पनि हिँड्न सक्छौँ र आफैले त्यो भन्दा पनि बैसाखी बनाउन सक्छौँ।

 à¤…न्तत: स्वावलम्बन र आत्मनिर्भर हुनलाई हामीसँग प्रोBfगिकी विकास एउटा मुख्य अस्त्र हुन सक्छ। र यदि यसका लागि पनि विदेशी परामर्शदाताकै आवश्यकता पर्छ भने मैले आफ्नो कलम यहीँ बन्द गर्नुपर्ने हुन्छ।

Comments

Post Your Comment

Database based Nepali Date Converter

Convert Nepali date (B.S.) to English Date (A.D.) or Vice-Versa

Nepali Date
Gregorian Date

From 1900-01-01 A.D. to 2020-12-30 A.D.

From 1956/09/19 B.S. to 2077/09/15 B.S.

 

Download Nepali Date Converter

Like us on Facebook

Follow me on Google Plus

Follow me on Twitter